राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली

काठमाडौँ। राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिले आज पदबहाली गरेका छन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकाया र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले आज सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग शपथ ग्रहण गरेपछि आ–आफ्नो कार्यकक्षमा गई पदबहाली गरेका हुन् ।
पदबहालीपछि प्रतिक्रिया दिदै सुशासन समितिका सभापति पौडेलले दिगो, समन्यायिक र सन्तुलित विकासका लागि नीति, कानुन बनाउने काममा आफू सक्रिय हुने जानकारी गराए । भ्रष्टाचार न्यूनीकरण गरी सुशासनका लागि समितिको कार्य क्षेत्रअन्तर्गत रही काम गर्ने उनको भनाइ थियो । सेवा प्रवाह, सूचना प्रविधि र नवप्रवर्तन पनि समितिको कार्य क्षेत्र भएकाले यस क्षेत्रमा पनि समितिले काम गर्ने सभापति पौडेलले बताए ।
राष्ट्रिय सरोकार समितिका सभापति राईले विगतमा बनेका कार्ययोजना कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । विशेषगरी साइबर बुलिङका घटना बढिरहेकाले यस विषयमा पनि छलफल गराउने उनको भनाइ थियो । पछिल्लो समय निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने गरी सरकारका तर्फबाट भएको निर्णयका बारेमा पनि सरोकार भएका निकायलाई बोलाएर बहस गराउने सभापति राईले बताए ।
















वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया