सात दिन भित्र स्पष्टिकरण दिन निर्देशन

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई सात दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
यसअघि नै ३० दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएकोमा कुनै पनि जानकारी नआएपछि सात दिन म्याद थप गरेको सो कार्यालयले जनाएको छ । तोकिएको मापदण्ड अनुसारको काम नगरेको भन्दै कालोसूचीमा राख्न सिफारिस भएकाले कालोसूचीमा राख्न नपर्ने स्पष्ट कारण र आधार भए सात दिनभित्र पेश गर्न कार्यालयले भनेको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय मलंगवा सर्लाहीले दोलखाको शिवराम कन्स्ट्रक्सन कम्पनी प्रा. ली. लाई कालोसूचीमा राख्न सिफारिस गरेको हो ।
यस्तै काठमाडौंको दरबारमार्गस्थित विद्युत प्राधिकरणले चिनियाँ कम्पनी सिनोस्टील इक्वीपमेन्ट एण्ड इन्जिनियरिङ कम्पनी लिमिटेड र शान्दोङ जेवीस्टील टावर कम्पनी लिमिटेडलाई कारवाहीको सिफारिस गरेको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अम्बा स्टोर धरान ९ सुनसरी, शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले एसपी निर्माण सेवा इटहरी २ सुनसरी र पूर्वाधार विकस कार्यलय कालिकोटले परिवर्तन निर्माण सेवा रास्कोट ७ कालिकोटलाई कालोसूचीमा राख्न सिफारिस गरेका हुन् ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया