परराष्ट्रमन्त्री खनाल मरिसस जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन् । उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । उनी यही चैत ३० गते स्वदेश फर्कनेछन् ।
















संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया