भारतको सीतामढीमा भेटिएका बालिका महोत्तरी फर्काउन प्रहरीको टोली गइसक्यो : प्रमुख जिल्ला अधिकारी भट्टराई
।

महोत्तरी । घाँस काट्न जाँदा बेपत्ता भएका सात बालिका र किशोरी भारत विहारको सीतामढी पुगेका छन् । उनीहरुलाई आजै महोत्तरी भंगाहा नगरपालिका ८ धरमपुर फर्काउन प्रहरीले समन्वय गरिहेको महोत्तरी प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मेरोन्युजलाई जानकारी दिए ।
उनका अनुसार केहीवेरअघि प्रहरीसहित बालिका र किशोरीका आफ्न्तकाे टाेली सितामढीतर्फ गएको छ । ति बालिका र किशोरी भेटिएको स्थान निकै टाढा रहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई बताउँछन् । उनका अनुसार उनीहरू के कसरी भारत पुगे भन्ने भेट भएपछि मात्र थाहा लाग्छ ।
ती बालिका तथा किशोरीको परिचय खुल्ने कागजात लिएर सितामढी प्रहरीलाई बुझाएपछिमात्र नेपाल प्रहरीसमक्ष बुझाउन प्रक्रिया थालिने बताइएकाे छ ।
१० देखि १८ वर्षसम्मका ति किशोरीहरु दिउँसो १ बजे घाँस काटेन गएकोमा साँझ अबेरसम्म घरमा नआएपछि परिवारले प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया