काठमाडौँ महनगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि छ करोड दिने

काठमाडौँ । काठमाडौँ महनगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि रु छ करोड दिने भएको छ । फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएपछि कामपा र प्रभावितबीच भएको छलफलमा कामपा प्रमुख विद्यासुन्दर शक्यले व्यवस्थापनक लागि रु छ करोड दिने बताएका हुन् ।
छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँशी गाउँपालिकाका प्रत्येक पालिकाका पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा रु तीन÷तीन करोड व्यवस्था गर्ने, शिक्षक मागका सम्बन्धमा तत्काल प्रक्रिया थालनी गर्ने, प्रभावित क्षेत्रमा १५ शय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने, १५ वटा शय्या र चार चिकित्सकका लागि आवश्यक रकम सहयोग गर्ने बताए ।
प्रभावित क्षेत्रमध्ये कामपाले ककनी गाउँपालिकाका लागि यसअघि एम्बलुलेन्स उपलब्ध गराइसकेको छ । प्रभावित क्षेत्रका विद्यालयमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको दरबन्दी पूरा गर्ने सन्दर्भमा नेपाल सरकारबाट स्थायी पदपूर्ति गरेपछि स्वतः हट्ने गरी तत्कालका लागि करारमा शिक्षक नियुक्त गरिने भएको छ ।
छलफलमा नुवाकोट जिल्लाका प्रदेशसभा सदस्य बद्री मैनाली, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा, ककनी र धुनीबेँशी नगरको प्रभावित क्षेत्रका वडाध्यक्ष, स्थानीय राजनीतिक प्रतिनिधि र स्थानीय सरोकारवाला प्रतिनिधि सहभागी थिए । ककनी गाउँपालिकाका अध्यक्ष लामाले फोहर विसर्जनमा अवरोध गर्नु आफूहरुको बाध्यता भएको बताए। “हामीलाई पनि फोहर रोक्न मन छैन”, लामाले भने, “हाम्रा जायज माग सम्बोधन गर्नुहोस् ।”
बञ्चरेडाँडा र कुँडुलेलाई केन्द्र मानेर मापदण्डका आधारमा वरिपरि निश्चित दूरीभित्र पर्ने व्यक्तिका जग्गा अघिग्रहण गर्नुपर्ने, फोहर वैज्ञानिक व्यवस्थापन, ओखरपौवा ल्याण्डफिल साइटको पोष्ट क्लोजरको योजना, स्थानीय पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि सहयोगजस्ता विषय छलफलका मुख्य विषय हुन् । दुई वर्षका लागि भन्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।










‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’
यस्तो छ आजको मौसम पूर्वानुमान
उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक
पोखरा महानगरले ६७औँ स्थापना दिवस मनाउँदै
निर्वाचन ७८ दिन बाँकीः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
प्रतिक्रिया