७० लाख नाघे टेलिकम प्रयोगकर्ता

काठमाडौं । नेपालमा चालु बर्षको ७ महिनासम्म टेलिकमको सेवा प्रयोग गर्नेको संख्या ७० लाख ९२ हजार पुगेको छ । यस अवधिमा नेपाल टेलिकमले मात्रै आफ्नो फोरजी ग्राहक १ लाख ६१ हजार जनाले बढाएको छ ।
गत पुसमा २३ लाख ८३ हजार २ सय ५६ रहको नेपाल टेलिकमको फोरजी ग्राहकको संख्या माघमा २५ लाख ४४ लाख ७ सय २४ पुगेको हो ।
पछिल्लो समय चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) प्रयोगकर्ताको संख्या तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार फोरजी प्रयोगकर्ताको संख्यामा एक महिनामै ४ लाख वृद्धि भएको हो नेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माघ महिनासम्म अवधिमा एनसेलले पनि आफ्नो फोरजी ग्राहकको संख्या २ लाख ३९ हजार ७ सय ८९ जना बढेको छ । पुसमा एनसेलका फोरजी ग्राहक ४० लाख ८६ हजार जना थिए । तर माघमा उक्त संख्या बढेर ४३ लाख २५ हजार पुगेको हो ।
यस्तै यस अवधिमा स्मार्ट टेलिकमले पनि आफ्ना फोरजी ग्राहकको संख्या ३ हजारले बढाएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया