परीक्षणकालीन लाइसेन्समा ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स नपाउने

काठमाडौं । सरकारले ट्रायल पास गरेको एक वर्षसम्मको अवधिका लागि छुट्टै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने भएको छ । चालकले एक वर्षसम्म परीक्षणकालको रुपमा बिताउनुपर्ने भन्दै सो अवधिका लागि छुट्टै कागजी लाइसेन्स जारी गर्ने लागिएकाे हो ।
एक वर्षभित्र परीक्षणकालीन लाइसेन्समा ५ भन्दा बढी प्वाल परेमा स्मार्ट लाइसेन्स नदिने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । परीक्षणकालीन लाइसेन्समा ट्राफिकले ५ वटाभन्दा बढी प्वाल पारेमा चालकले फेरि लाइसेन्सको परीक्षा दिनुपर्नेछ ।
गम्भीर प्रकृतिका ट्राफिक नियम उल्लंघन भएमा लाइसेन्समा प्वाल पर्ने व्यवस्था भए पनि स्मार्ट लाइसेन्समा त्यस्तो कारवाही सम्भव भएको छैन । लाइसेन्सको मागअनुसार यातायात विभागले छपाइको व्यवस्था पनि गर्न सकेको छैन । लाइसेन्स छपाइ ढिलो हुँदा अहिले धेरै सवारी चालक कर तिरेको रसिद बोकेर हिँड्न बाध्य छन् ।















Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
प्रतिक्रिया