सुन आयातको कोटा दैनिक २० किलो पुर्याइयो
मेरोन्यूज
२०७७ चैत १९ गते १८:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दैनिक २० किलोसम्म सुन आयात गर्न सक्ने व्यवस्था मिलाएको छ । यसअघि इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाले दैनिक १० किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था थियो ।
केन्द्रीय बैंकले विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र–२०७६ को सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ को बुँदा नं ४ (क) संशोधन गर्दै सुन आयातको परिमाण हाललाई २० किलो पुर्याइएको जनाएको छ ।
कोरोना महामारीले अर्थतन्त्रलाई प्रभावित बनाएको भन्दै सरकारले गतवर्ष सुनको कोटा घटाएर १० किलो पुर्याएको थियो । सुनको भाउमा वृद्धि भएपछि स्थानीय बजारमा सुनको खपत घटेको थियो । सरकारले सुनको कोटा वृद्धि गरेपनि त्यसले बजारको माग धान्न नसक्ने भन्दै सुनचाँदी व्यवसायीले सुन आयातमा कडाइ नगर्न आग्रह गरेका छन् ।

सम्बन्धित









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया