कोभिड कप फुटबल प्रतियोगिता प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
आयोजक संस्थाद्धय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको आयोजकको दाबी छ ।
प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धीेरेन शाक्यले गर्ने, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ ।
‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता विशुद्ध मनोरञ्जनका लागि हुने पनि जनाईएको छ ।
कार्यक्रममा मिडिया हाउसका कार्यकारी निर्देशक समिर लामाले विश्व नै कोभिडबाट प्रभावित भएको उल्लेख गर्दै नेपालले भने कोभिडबाट कम क्षति व्यहोरेको भन्दै कोभिड नियन्त्रणमा नेपालको अवस्था सन्तोषजनक भएको बताए ।
कार्यक्रममा नायक धिरेन शाक्य, गायक बद्री पंगेनी र कलाकार शिवहरि नेपालले उक्त प्रतियोगिता सफलताको कामना गरेका छन् ।
नायक शाक्यले कोभिडले स्तब्ध बनाएको विश्वले खेल जगतको कुनै पनि खेल नदेखेको कारण नयाँ तरिकाबाट खेलको आनन्द लिनेगरि कोभिड कपको आयोजना गरिएको उनले बताए । गायक पंगेनीले आफूलाई फुटबल निकै मनपर्ने खेल भएको सुनाए ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
९५५ केजी गाँजासहित दुई जना पक्राउ
प्रतिक्रिया