कोभिड कप फुटबल प्रतियोगिता प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।
आयोजक संस्थाद्धय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको आयोजकको दाबी छ ।
प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धीेरेन शाक्यले गर्ने, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ ।
‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता विशुद्ध मनोरञ्जनका लागि हुने पनि जनाईएको छ ।
कार्यक्रममा मिडिया हाउसका कार्यकारी निर्देशक समिर लामाले विश्व नै कोभिडबाट प्रभावित भएको उल्लेख गर्दै नेपालले भने कोभिडबाट कम क्षति व्यहोरेको भन्दै कोभिड नियन्त्रणमा नेपालको अवस्था सन्तोषजनक भएको बताए ।
कार्यक्रममा नायक धिरेन शाक्य, गायक बद्री पंगेनी र कलाकार शिवहरि नेपालले उक्त प्रतियोगिता सफलताको कामना गरेका छन् ।
नायक शाक्यले कोभिडले स्तब्ध बनाएको विश्वले खेल जगतको कुनै पनि खेल नदेखेको कारण नयाँ तरिकाबाट खेलको आनन्द लिनेगरि कोभिड कपको आयोजना गरिएको उनले बताए । गायक पंगेनीले आफूलाई फुटबल निकै मनपर्ने खेल भएको सुनाए ।












सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया