इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
मेरोन्यूज
२०८३ वैशाख ५ गते १५:५७

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले इन्धन मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता नगरिए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिए ।
उनले आन्दोलन विद्यार्थी संगठनको नेतृत्वमा अघि बढाइने जानकारी दिँदै यस्ता संगठनलाई खारेज गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराए । विभिन्न सामाजिक तथा राष्ट्रिय मुद्दामा आवाज उठाउन विद्यार्थी संगठन आवश्यक हुने उनको भनाइ थियो ।
प्रसाईंले विगतमा सामान्य दुई रुपैयाँ मूल्यवृद्धिमा समेत आन्दोलन हुने गरेको उल्लेख गर्दै अहिले ठूलो दरमा मूल्य बढ्दा पनि विद्यार्थी संगठनहरू मौन बसेको आरोप लगाए ।
सम्बन्धित


















सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया