अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ -नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताबाट बहुमत प्राप्त ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेकाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको बताएका छन् ।
आज दावाँली मिलन क्लबको १५ औँ साधारण सभामा सम्बोधन गर्दै नेता सिंहले,बर्तमान सरकार असफल भएकाले देशलाई बर्तमान समस्याबाट निकास दिलाउन नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताए । उनले भने, ‘५ वर्षको लागी प्राप्त गरेको म्यान्डेड कम्युनिष्टहरुले ३ वर्ष पनि टिक्न सकेन । यो सरकार असफल भईसक्यो ।देशलाई अहिलेको समस्याबाट निकास दिलाउन नेपाली कांग्रेस आवश्यकता अनुसार आफ्नो नेतृत्वको सरकार दिन तयार छ ।’
नेपालको संबिधान निमार्ण गर्न पनि जना कम्युनिष्ट नेताहरु असफल हुदाँ अन्त्यमा कांग्रेसको नेतृत्वको सरकारले नै संबिधान निमार्ण गरेकाले अहिलेको राजनीतिक समस्याबाट निकास दिन पनि कांग्रेस नै सफल हुने उनको दाबी छ । कम्युनिष्टहरु नेपालको राजनीतिमा असफल भईसकेको उनको भनाइ छ ।
साथै नेता सिंहले राजनीतिक क्षेत्र सेवाको क्षेत्र रहेकाले राजनीतिक नेतृत्व कर्तामा सेवाको भावना हुन जरुरी रहेको बताउँदै उनले भने ‘तर कम्युनिष्टहरुमा सेवाको भावना छैन । अहिलेको नेतृत्व इमानदार हुनु पर्छ , सेवाको भावना हुनु पर्छ , राष्ट्रियता र नैतिकता हुनु पर्छ ।’
सरकार संघीयता भन्दा केन्द्रीकृत शासन ब्यवस्था सञ्चालन गर्न लागेको उनको आरोप छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया