भ्रम फैलाउने काम गरियो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फासीवाद ल्याउन चाहनेहरुले नै अहिले फासीवाद आउन लाग्यो भन्दै लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेको दाबी गरेका छन् ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आयोजित कार्यक्रममा शान्ति प्रधानमन्त्री ओलीले प्रक्रियामा प्रवेश गरिसकेपछि पनि लोकतन्त्रका विरुद्ध जनतालाई भड्काउने काम गरेकाहरु नै अहिले फासीवाद आयो भन्दै सरकारको विरोधमा पुन जनतालाई भ्रमित पार्ने प्रयासमा लागेका बताएका हुन् । तर उनले यसमा संलग्नहरुको नाम भने लिनुभएन ।
उनले भने “के हो तानाशाही भनेको रु फासीवाद भनेको शब्द बुझेर बोलेको हो कि नबुझि बोलेको हो रु के हो फासीवाद भनेको रु जसले फासीवाद छ अहिले भने, त्यही मान्छेले फासीवाद ल्याउन खोजेका थिए । संविधानले शान्तिपुर्ण परिर्वतनको बाटो दिएपछि पनि जनताको अभिमत, जनताका बीचमा जाने कानुनी र प्रणनालीगत व्यवस्था खुल्ला भएपछिपनि जनतालाई भड्काएर,उचालेर लोकतन्त्रका विरुद्ध केही गर्नुपर्ने आवश्यकताको नेतृत्व जो मान्छेले गर्छ , लोकतन्त्रका विरुद्ध उसैले भन्छ कि फासीवाद, तानाशाही, अधिनायकवाद भो । नबुझेर बोल्या जस्तो लाग्यो मलाई । यस्ता भ्रमपुर्ण कुराबाट भ्रमित हुनुपर्ने कुनै आवश्यकता छैन ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया