पत्रकार महासंघमा विपुलकाे प्यानलबाट काेकाे लड्दैछन् ?

काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनका लागि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सङ्गठन नेपाललगायत पत्रकारहरूको संस्थाले शनिबार संयुक्तरूपमा उम्मेदवार घोषणासभाको आयोजना गरेका छन् ।
विपुल पोखरेल नेतृत्वको महासङ्घ केन्द्रीय समितिको लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकारको संयुक्त प्यानल घोषणा गरिएको हो । घोषित उम्मेदवारहरूमा अध्यक्षमा पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, उपाध्यक्ष महिलामा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी छन् ।
खुला सचिवमा गोविन्दप्रसाद चौलागाईँ, महिला सचिव सुजना अर्याल, आदिवासी जनजाती सचिव नारायणसुन्दर किलम्बू, मधेशी सचिव दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक, एसशोसिएट सचिव पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने छन्र ।
सदस्यमा छवि तिवारी, नारायणप्रसाद पङ्गेनी, वासुदेव शर्मा, माधव पौडेल, रमेश खतिवडा र शिवराज खत्री , महिला सदस्य (खस आर्य)मा सरिता तिम्सिना, महिला सदस्य (मधेशी)मा ललिताकुमारी साह, आदिवासी जनजाति महिला सदस्यमा शान्ता आङबुहाङ, दलित महिला सदस्यमा सरिता बराइली रहेका छन् ।
यस्तै आदिवासी जनजाति सदस्यमा भीसन राई र आदिवासी जनजाति (महिला)मा सन्चकुमारी लामा तामाङ, दलित सदस्य प्रकाश धौलाकोटी र दलित महिला सदस्यमा राधा नेपाली उम्मेदवार बनेका छन्। मधेशी सदस्यमा सुभाषप्रसाद साह र मधेशी महिला सदस्यमा रिङ्कुकुमारी मिश्र, सदस्य (अपाङ्गता) मा नवीन रिजाल र अल्पसङ्ख्यकमा इफ्तार हसन, लेखा समिति सदस्य खुलामा मुकुन्दप्रसाद भण्डारी र लेखा समिति सदस्य (महिला)मा देवी सापकोटा छन् ।
सदस्यमा प्रदेश नं १ मा अमर खड्का र श्यामकृष्ण दाहाल, प्रदेश नं २ मा अनिल मिश्र र शिव पुरी, वाग्मती प्रदेशमा ध्रुव रावल र सुनिल खड्का गण्डकी प्रदेशमा प्रदीप काफ्ले र त्रिभुवन पौडेल, लुम्बिनी प्रदेशमा भवानीप्रसाद पाण्डे र सुशील पोखरेल, कर्णाली प्रदेशमा दीपेन्द्र शर्मा र भीमबहादुर सिंह, सुदूरपश्चिम प्रदेशमा उत्तरसिंह विष्ट र भरतबहादुर शाह उम्मेदवार बनेका छन् ।
उपत्यका प्रदेशमा शान्तराम बिडारी र ज्ञानप्रसाद पौडेल, प्रतिष्ठान प्रदेशमा गजेन्द्रराज ओझा र रामकृष्ण अधिकारी, एशोसिएट प्रदेशमा ओमबन्धु कार्की र विकास कार्की उम्मेदवार छन् ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सङ्गठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष उदय जिएम र क्रान्तिकारी पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष नारायण पङ्गेनीले व्यावसायिक पत्रकारको गठबन्धनलाई विजयी बनाउन सबै पक्षले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । महासङ्घको महाविधेशन यही चैत २५ गते हुनेछ ।














गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
NC President Deuba shows flexibility to prevent party split
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया