नेपालमा १२ औं कलेजो प्रत्यारोपण,२५ वर्षीया छोरीले दिइन् बुबालाई कलेजो

भक्तपुर । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थप एक जनामा कलेजो प्रत्यारोपण गरिएको छ। यो सँगै नेपालमा १२ औं कलेजो प्रत्यारोपण भएको छ । शनिबार भक्तपुर निवासी ४४ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरिएको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र जनाएको छ ।
भक्तपुरका ४४ वर्षका पुरुषको कलेजो प्रत्यारोपण भएको केन्द्रका निर्देशक डा.प्रेम ज्ञवालीले जानकारी दिए । डा.ज्ञवालीका अनुसार ४४ वर्षीय बुबालाई उनकै २५ वर्षीया छोरीले कलेजो दान गरेकी हुन् ।
केन्द्रमा कार्यरत डा.छेतेन योञ्जन, डा.अनिसा तिवारी, डा ललित दास, एनेस्थेसियामा डा आरती राई, डा शुसिल तामाङ तथा नर्सहरु बिनिता उप्रेती र अनिता लगायतको टोलीले प्रत्यारोपण गरेका हुन्।
हालसम्म नेपालमा शिक्षण अस्पताल महाराजगञ्जमा ५, प्रत्यारोपण केन्द्रमा ६ र उपत्यका बाहिर चितवन मेडिकल कलेजमा १ जनाको कलेजो प्रत्यारोपण भएको छ ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया