राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा अल्मुटाएरी नियुक्त

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कुवेतका अब्दुला अल्मुटाइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अल्मुटाइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने घोषणा गरेको हो । काठमाडौंमा सम्पन्न थ्री नेशस्नस कपमा नेपाललाई उपाधि दिलाएका प्रशक्षिक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै अल्मुटाइरी नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । नेपाले थ्री नेशसन्स कपमा उचालेको उपाधिले नेपाली समर्थक धेरै खुसी दिएजस्तै आगामी दिनमा नेपाली समर्थलाई खुसी दिलाउनका लागि मिहिनेत गर्ने नवनियुक्त प्रशिक्षक अल्मुटाइरीले बताए ।
आइतबार नियुक्ती पाउनुभएका ४० वर्षिय अल्मुटाइरीले नेपाली टोलीलाई कम्तीमा एक वर्षका लागि नेपाली टिम हेर्नेछन् । यस समय अवधिमा कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनसिपमा नेपाली टिमको नेतृत्व लिनेछन । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले राष्ट्रिय टिमका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अल्मुटाइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाल आउनुभएका अल्मुटाइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मिहिनेत गर्ने बताए ।
कतार फुटबल संघसँगको सहकार्यमा अल्मुटाइरी नेपाल आउनुभएको हो । उनको पारिश्रमिक कतारी फुटबल संघले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले गर्नेछ । थ्रि नेशन्स कपको उपाधि दिलाउनुभएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।












सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै
विशेष महाधिवेशनमा महामन्त्रीद्वयको अगुवाइ
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया