बिहीबार, फागुन १४, २०८२

नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा मल्ल निश्चित

मेरोन्यूज २०७७ चैत २२ गते १६:४७

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको नयाँ अध्यक्षमा राजेन्द्र मल्लले मात्रै उम्मेदवारी दिएका छन् । कार्यसमिति सदस्य सर्वसम्मत भएसँगै अध्यक्ष र वरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्ष पदमा पनि निर्विरोध निर्वाचित हुने सम्भावना बढेको चेम्बर अफ कमर्सले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यही चैत्र २८ गते हुने निर्वाचनको लागि चेम्बरको प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार अनुसार वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्षको प्रत्यासी हुने विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष मल्ल एक्लो उम्मेदवार रहेका छन् ।


कोभिड–१९ को समयमा निर्वाचन गरेर भिडभाड गर्नुभन्दा सबै पदमा सर्वसम्मति खोजेकोले नेतृत्वमा पनि सहमति हुने चेम्बरको दाबी छ । निर्विरोध भएको घोषणा गर्न चैत्र २८ गते कुर्नुपर्ने चेम्बरको निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।

उम्मेदवारको अन्तिम सूचनामा पनि कार्यसमिति सदस्य ५५ पदमा ५५ जनाको मात्रै उम्मेदवारी परेकोले निर्विरोध भएको पक्का देखिएको हो कार्यालयका अनुसार वाणिज्यतर्फ १५, उद्योगतर्फ ९, जिल्लातर्फ १५ पद निर्विरोध निर्वाचित भए । यस्तै नगरतर्फको १, वस्तुगत संघतर्फ ९ र द्वि–राष्ट्रिय संस्थागततर्फ ३ तथा आबद्धतर्फ पनि ३ पद सर्वसम्मत चयन भएका हुन् ।

प्रतिक्रिया