आभूषण महासङ्घमा महर्जन निर्वाचित

काठमाडाैं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् ।
महासङ्घको सातौँ वार्षिक साधारणसभामा प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव किसान सुनार, सचिव निरबहादुर धमला र टङ्कबहादुर बराइली, कोषाध्यक्ष केशरबहादुर विक र सहकोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा गङ्गाराम रसाइली, विष्णुभक्त बराइली, दीपक धनुके, कमलप्रसाद लामिछाने, जगतबहादुर सुनार, दीपककुमार सुनार, प्रेमबहादुर विक, देवीलाल विक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोमबहादुर विक, आनन्दकुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्धिबहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक विक, त्रिलोचन विश्वकर्मा तथा महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रसिला रसाइली र सम्झना शिवाकोटी निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष महर्जनले स्वदेशमा भएका बहुमूल्य रत्नको पहिचान तथा तिनको उत्खनन गरी विदेशमा आपूर्ति गर्न सकेमा मुलुकको समग्र अर्थतन्त्र बलियो बनाउन सकिने विश्वास व्यक्त गरे । रासस

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया