बिहीबार, फागुन १४, २०८२

नेप्सेले नयाँ रेकर्ड कायम गर्दा, स्टक एक्सचेञ्जका सिइओले बाँडे लड्डु

मेरोन्यूज २०७७ चैत २३ गते १२:४२

कैलाली । सेयर बजारमा मापक परिसुचक (नेप्से)ले आईतबार नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक २ हजार ६५७.६१ अंक पुगेको अवसरमा आईतबार लगानीकर्तासँग अन्तरक्रिया कार्यक्रमका लागि कैलालीको टीकापुर पुगेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्र सिहं साउँदले नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेपछि लगानीकर्तालाई लड्डु बाडेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

कारोबारको रकम बढ्दा र परिसूचकले नयाँ रेकर्ड कायम गर्दा नेप्सेको कार्यालयमा लड्डु बाड्ने गरेका थियौं, आज टीकापुरका लगानीकर्तासँग नेप्सेको उच्च बिन्दु पुगेकोमा लड्डु बाड्न पाउँदा खुशी लागेको सिईओ साउँदले बताए ।

यस्तै सिइओ साउँदले सो कम्पनीको कारोबारका आधारमा शेयर मूल्य बढ्ने र घट्ने गर्छ । उनले भने, “त्यसैले शेयरबजारमा लगानीगर्नु बित्तीय विवरण, आफ्नो लगानीगर्ने क्षमता हेर्नूपर्छ ।”

कार्यक्रममा संविधान सभा सदस्य हरि ज्ञवाली, टीकापुर उद्योग बाणिज्य सँघका पुर्व अध्यक्ष नवराज रावल, इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपाने, विभिन्न बैंक बित्तीय संस्थाका प्रमुख र टीकापुरका लगानीकर्ता उपस्थित थिए ।

प्रतिक्रिया