चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप आयोजना
मेरोन्यूज
२०७७ चैत २४ गते १७:२३

काठमाडौं । नेपाल सोतोकान कराते डो एशोसिएशन भक्तपुरले चौथो राष्ट्रिय सोतोकान कराते च्याम्पियनसिप एवं सूर्यविनायक मेयर कप–२०७७ को आयोजना गर्ने भएको छ ।
यही चैत २८ गते शनिबार आयोजना हुने प्रतियोगितामा देशभरका सात सोतोकान करातेको ३२ डोजोका १५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टोलीलाई नगद, पदक र प्रमाणपत्र प्रदान गरिने भएको छ । त्यस्तै फस्ट रनरअप, सेकेण्ड रनरअप र उत्कृष्ठ खेलाडीलाई नगदसहितको पुरस्कार प्रदान गरिने भएको एशोसिएशनका अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए ।
त्यस्तै टिम च्याम्पियन, दोस्रो, तेस्रो, चौथो र उत्कृष्टलाई पनि पुरस्कार प्रदान गरिने भएको छ । उनका अनुसार प्रतियोगितामा करीब रु पाँच लाख खर्च लाग्ने छ भने मुख्य सहयोग सूर्यविनायक नगरपालिका रहेको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया