बाँदरबाट अन्नबाली जोगाउने नयाँ काइदा

तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउन नयाँ विधि अपनाएको छ । वन जङ्गलमा पर्याप्त आहारा नहुँदा कृषकले खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन नसकेपछि पालिकाले नयाँ जुक्ति निकालेको हो ।
बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पुर्याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ । दिनहुँ बाँदरको समस्याबाट देशभरका कृषक चिन्तित छन् ।
उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताए । कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको छ ।
उनले भेन, “वडाको अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।” खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उनले बताए । बेसार र अदुवा बाँदरले खाँदैन ।
बाँदरले क्षति पुर्याउने खेतबारीमा अदुवा र बेसार खेती प्रभावकारी हुने देखिएकाले कृषकको माग अनुरूप बीउ वितरण गरिएको सो वडा कार्यालयले जनाएको छ । कृषकको आवश्यकता र मागअनुसार वितरण गरेको बताउँदै वडाध्यक्ष क्षेत्रीले भने, “कृषकको चासो देखाएर लाग्न आग्रह गरेका छौँ, बीउको उचित सदुपयोग भए/नभएको समय समयमा अनुगमन गरिनेछ ।”
वडाले अनुदानमा बीउ उपलब्ध गराउँदा राहत मिलेको स्थानीय सोमबहादुर कुँवरले बताए । मकै र कोदो लगाउँदा सबै बाँदरले खाएर घरमा भित्र्याउन नपाएको गुनासो पोख्दै अन्नबालीको अलवा अब अदुवा र बेसार उत्पादन गरेर मुनाफा लिने गरी खेती गर्ने योजना रहेको बताए ।
ज्याला मजदूरी गरी खाने परिवारमा एकदुई जना मानिस त खेती कुर्नै पर्ने भएकोले वैकल्पीक खेतीको रुपमा अदुवार बेसार खेती उपयुक्त रहेको उनकाे भनाइ छ ।
वडाले बाँदरबाट प्रभावित कृषकलाई राहत दिन चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरेको थियो । शुक्लागण्डकी नगरपालिकाले लगाएको बालीनाली खाएर दुःख दिएको अन्य वडाको पहिचान गरी अदुवार र बेसारको बीउ वितरण गर्ने योजना रहेको बताइएको छ ।
















फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
गृह मन्त्रालय प्रधानमन्त्रीले आफैँसँग राख्ने
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
प्रतिक्रिया