बाँदरबाट अन्नबाली जोगाउने नयाँ काइदा

तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउन नयाँ विधि अपनाएको छ । वन जङ्गलमा पर्याप्त आहारा नहुँदा कृषकले खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन नसकेपछि पालिकाले नयाँ जुक्ति निकालेको हो ।
बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पुर्याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ । दिनहुँ बाँदरको समस्याबाट देशभरका कृषक चिन्तित छन् ।
उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताए । कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको छ ।
उनले भेन, “वडाको अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।” खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उनले बताए । बेसार र अदुवा बाँदरले खाँदैन ।
बाँदरले क्षति पुर्याउने खेतबारीमा अदुवा र बेसार खेती प्रभावकारी हुने देखिएकाले कृषकको माग अनुरूप बीउ वितरण गरिएको सो वडा कार्यालयले जनाएको छ । कृषकको आवश्यकता र मागअनुसार वितरण गरेको बताउँदै वडाध्यक्ष क्षेत्रीले भने, “कृषकको चासो देखाएर लाग्न आग्रह गरेका छौँ, बीउको उचित सदुपयोग भए/नभएको समय समयमा अनुगमन गरिनेछ ।”
वडाले अनुदानमा बीउ उपलब्ध गराउँदा राहत मिलेको स्थानीय सोमबहादुर कुँवरले बताए । मकै र कोदो लगाउँदा सबै बाँदरले खाएर घरमा भित्र्याउन नपाएको गुनासो पोख्दै अन्नबालीको अलवा अब अदुवा र बेसार उत्पादन गरेर मुनाफा लिने गरी खेती गर्ने योजना रहेको बताए ।
ज्याला मजदूरी गरी खाने परिवारमा एकदुई जना मानिस त खेती कुर्नै पर्ने भएकोले वैकल्पीक खेतीको रुपमा अदुवार बेसार खेती उपयुक्त रहेको उनकाे भनाइ छ ।
वडाले बाँदरबाट प्रभावित कृषकलाई राहत दिन चालु आर्थिक वर्षमा रु एक लाख बजेट विनियोजन गरेको थियो । शुक्लागण्डकी नगरपालिकाले लगाएको बालीनाली खाएर दुःख दिएको अन्य वडाको पहिचान गरी अदुवार र बेसारको बीउ वितरण गर्ने योजना रहेको बताइएको छ ।










जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
लडेर बालिकाको मृत्यु,
राजनीतिक दल र युवा पुस्ता एकताबद्ध हुनुपर्नेमा जोड
संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोटः ९ को मृत्यु, ३१ घाइते
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रतिक्रिया