लगातार दुई दिन सबै विदेशी मुद्रामा वृद्धि

काठमाण्डौ । कारोबार हुने साताको चौथो दिन आज बुधबार हिजो मंगलबार झै अधिकांश बिदेशी मुद्रा खरिदबिक्रिदर महंगो भएको छ ।
अमेरिकी डलर १ को खरिददर १ सय १७ सय रुपैयाँ २० पैसा र बिक्रिदर १ सय १७ रुपैयाँ ८० पैसा कायम छ । यस्तै युरो १ को खरिदद १ सय ३८ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १ सय ३९ रुपैयाँ ९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६२ रुपैयाँ १५ पैसा छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिद मुल्य ८९ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ८९ रुपैयाँ ६९ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९३ रुपैयाँ ३५ पैसा खरिद रहेको छ भने ९३ रुपैयाँ ८३ पैसा बिक्रि मुल्य रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सिंगापुर डलर १ को खरिद मुल्य ८७ रुपैयाँ ३७ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ ८२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा साउदी अरबियन रियालकोे खरिद मूल्य ३१ रुपैयाँ २५ पैसा र बिक्रि मूल्य ३१ रुपैयाँ ४१ पैसा रहेको छ । युएइ दिरामको खरिद मूल्य ३१ रुपैयाँ ९१ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७ पैसा रहेको छ । कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ १९ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ३५ पैसा कायम रहेको छ ।
यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ३७ पैसा र बिक्रि मूल्य २८ रुपैयाँ ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकका अनुसार जापानीज एन प्रति १० बराबर १० रुपैयाँ ६० पैसा बिक्रिदर १० रुपैयाँ ६६ पैसा रहेको छ । चाइनिज युयन १ को खरिद १७ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर १७ रुपैयाँ ९८ पैसा छ ।
यसैगरी साउथ कोरियाको कोरियन १०० वनको खरिददर १० रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५० पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
बाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज कम्पनी मा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया