निर्वाचित सांसद पदमुक्त गर्ने प्रचण्डको कदम निरंकुशताको पराकाष्ठाः प्रभु साह

काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको प्रति शहरी विकासमन्त्री प्रभु साहले आपत्ति जनाएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको उल्लेख गरेका छन् ।
‘आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकता र सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणापत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन।
उनले भने निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएका छन । अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक र कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य भएको साहले उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डले सांसदबाट हटाएको पत्र लिएर माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ हिजो संसद सचिवालय पुगेका थिए । माओवादीले एमाले प्रवेश गरेका साह सहितका चार जना मन्त्रीलाई सांसद पदबाट हटाएको संसद सचिवालयलाई हिजो जानकारी गराएको थियो ।









सीटीईभीटीको उपाध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज
निर्वाचन आउन ८५ दिन बाँकी: आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै
कस्ताे रहला आजको मौसम ?
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
एमालेमा युवा नेत्री केन्द्रीय सदस्यका दावेदार
जनार्दन शर्मालाई गृहजिल्लामै कालो झण्डा
जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै कर्णाली
एनपीएल : ४ टोली च्याम्पियन बन्ने दौडमा
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
प्रतिक्रिया