शुक्रबार, वैशाख ४, २०८३

एपिएफलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

मेरोन्यूज २०७७ चैत २५ गते १५:३७

काठमाडौं । डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपिएफलाई हराउँदै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौ आबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न महिला तर्फको खेलमा न्यु डायमन्डले चिरपरिचि प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो ।

पहिलो संस्सकरणको एनभिएकपको उपाधि जितेको न्यु डायमन्ड दोस्रो पटक एनभिएको फाइनलमा प्रवेश गरेको हो । पराजित एपिएफ पहिलो पटक एनभिए राष्ट्रि महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियसिपको फाइनलमा पुग्नु अघि नै बाहिरिएको हो ।

निकै रोमाञ्चक बनेको खेलमा न्यु डायमन्डले एपिएफमाथि २५–२१, २६–२१, २५–१४ र २५–२१ को जित निकाल्दै आर्मीमाथि रोमाञ्चक जित निकालेको नेपाल पुलिससँगको भेट पक्का गरेको हो ।

पुलिसले त्रिभुवन आर्मी क्लबलाई २६–२४, २५–१७ र २८–२६ को सेटमा हराएको थियो । फाइनल प्रवेश गरेका टोलीद्वय पुलिस र न्यु डायमन्डले लिग चरणको खेलमा प्रतिस्पर्धा गर्दा पुलिसले डायमन्डलाई नतिजा सुम्पिएको थियो ।

पहिलो संस्करणको न्यु डायमन्ड कपमा पराजित गर्दै उपाधि जितेको न्यु डायमन्डले आज भएको खेलमा एपिएफलाई पराजित गरेको हो । फाइनल खेल बिहीबार हुनेछ ।

प्रतिक्रिया