सुरक्षा कारबाहीमा परी २० लडाकूको मृत्यु
मेरोन्यूज
२०७७ चैत २७ गते १५:००

एजेन्सी । अफगानिस्तानमा थप २० जना तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् ।
सरकारी सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।
देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा बिहीबार राती घटना भएको हो ।
“हतियारधारी विद्रोही लडाकूहरुले शुहादा, जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए,” एक सुरक्षा अधिकारीले भने ।
लडकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाई छ ।
देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित














प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया