प्रधानमन्त्री म नै हुनुपर्छ भन्ने छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म नै प्रधानमन्त्री हुनुपर्छ भन्ने नभएको बताएका छन् । निजामती कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै देउवाले आफ्नै पार्टीको प्रधानमन्त्री पनि नचाहेको बताए ।
प्रधानमन्त्री हुनको लागि संख्या चाहेको भन्दै उनले पहिला मान्छे तयार पार्नु पर्ने त्यसपछि प्रधानमन्त्री त जोसुकै होस् । देउवाले आफू सत्ता निर्माणको खेलमा नभए पनि सरकारको नेतृत्वका लागि अगाडि सारेकोमा पार्टीलाई धन्यवाद दिए । उनले भोली मन्त्रीमण्डल बनाउने कुरामा लडाइ झगडा होला । सबैलाई मन्त्री चाहिँन्छ ।
उनले अगाडि भने ‘सबै साथीहरु शेरबहादुरले कही गरेन भनेपछि आज बैठक बोलाएको छु ।’ कार्यकममा देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । उनले चुनावबाहेक हर्को बाटो नहुन सक्छ भन्दै चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । उनले चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्ने बताए ।
यस्तै उनले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई वास्तविकताको धरातलमा बसेर कुरा गर्न पनि आग्रह गरे । कांग्रेसको संसदमा संसद बोलाउने संख्या पनि पुग्दैन भन्दै उनले संसद बोलाउन केही संख्या नपुगेर हामीले सहयोग पाएनौं । ओलीलाई संसदमा उभ्याउन संख्या पुग्दैन । देउवनले संविधान अनुसार जानुपर्ने बताए ।
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया