सरकारले कोरोना भाइरस सङ्क्रमणको दोस्रो जोखिमबाट बच्न कार्ययोजना सार्वजनिक गर्दै

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणको दोस्रो जोखिमबाट बच्न कार्ययोजना सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न कार्ययोजना छिट्टै सार्वजनिक गरिने बताएका हुन् ।
छिमेकी मुलुक भारत लगायतका देशमा कोरोना सङ्क्रमण बढिरहेकोले त्यसको नियन्त्रणमा नेपालमा फेरी सरकारले लकडाउन गर्ने चर्चा चलेको भन्दै सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले कोभिडबाट जनतालाई कसरी बचाउने, कसरी सुरक्षित राख्ने भन्नेमा सरकारले सोचीरहेको बताए । लकडाउन वा अन्य सुरक्षित विधि, मापदण्ड, आचारसंहिता लगायत विषयमा सबैसँग छलफल गरेर टुंगो लगाउने उनले बताए ।
त्यस्तै सरकारले राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वन तथा वातारणको प्रस्तावमा राष्ट्रपति चुरे क्षेत्र संरक्षण विकासको अध्यक्ष पदमा पर्वतका डा. पौडेललाई नियुक्ति गरिएको जानकारी दिए । यसैगरी दोलखामा कमला वली (सिवाकोटी), महोत्तरीका शशीकुमार शर्मा, काठमाडौंका सुमित ढकाल र कपिलवस्तुका भेषराज आर्चायलाई सदस्यपदमा नियुक्ति गर्ने निर्णय भएको उनले बताए ।
यस्तै सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईलाई नियुक्त गरेको छ मन्त्री गुरुङले जानकारी गराए ।














प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया