ललितपुर मेयर वुमन्स च्याम्पियनसीपको उपाधि एपिएफलाई
मेरोन्यूज
२०७७ चैत २८ गते १५:४७

कठमाडौँ । ललितपुर मेयर वुमन्स च्याम्पियनसीप–२०७७ टि २० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पाएको छ ।
शनिबार टियु मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपिएफ उपाधि पाउन सफल भएको हो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ३८ बलमा ५ चौकासहित ३६ रनको योगदान गरिन् ।
कप्तान सीता राना मगर ३२ बलमा ४ चौकासहित २७ रनमा आउट भइन् । टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन सीमित भयो । एपिएफले १६.२ ओभरमा २ विकेटको क्षतिमा विजय लक्ष्य पूरा गरेको हो ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया