उद्योग वाणिज्य महासंघले दशक भित्र १ सय अर्ब डलर अर्थतन्त्र पुर्याउने

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई) ले राष्ट्रिय आर्थिक रुपान्तरण २०३० पुस्तक (भिजन पेपर)को विमोचन गरेको छ ।
शनिबार देखि सुरु गरिएको ५५ औं वार्षिक साधारण सभाको काठमाण्डौंमा उद्घाटन कार्यक्रममा महासंघको वर्तमान नेतृत्वले अवको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पना सहित भिजन पेपर प्रधानमन्त्री केपी शर्मा ओलीले बिमोचन गरे ।
भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी दश वर्ष भित्र मुलुकको अर्थतन्त्र १ सय अर्व डलरको पुर्याउने र दीगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी दिने दाबी गरेको छ ।

शनिबार भएको विभिन्न शत्रमा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आफूर्ति मन्त्री लेखराज भट्ट र श्रम तथा रोजगार मन्त्री गौरी शंकर चौधरीले आर्थिक विकास र रोजगारी बलियो पार्नेमा जोड दिएका थिए । भोली चैत्र २९ गते महासंघको वन्द सत्र आयोजना सहित साधारण सभा सकिने छ ।
महासंघ मुलुकभित्र सरकार पछिको दोस्रो ठूलो संजाल भएको निजी क्षेत्रको सर्वोच्च संस्थाको रुपमा रहेकाले साधारण सभालाई मुलुकको समग्र अर्थतन्त्रको विकासमा लैजानुपर्ने उल्लेख गरेको छ ।
श्रम तथा रोजगार मन्त्रीज्यूको समुपस्थितिमा प्यानल डिस्कसन हुने कार्यक्रम छ र पर्सी अर्थात चैत्र २९ गते महासंघको वन्द सत्र आयोजना सहित साधारण सभाका सम्पूर्ण कार्यक्रम सम्पन्न हुने छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ मुलुकभित्र सरकार पछिको दोस्रो ठूलो संजाल भएको निजी क्षेत्रको सर्वोच्च संस्थाको रुपमा रहेको छ भने महासंघले आफना हरेक वार्षिक साधारण सभालाई मुलुकको समग्र अर्थतन्त्रको विकासमा महत्वपूर्ण पहलको रुपमा मनाउंदै आएको छ ।

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया