आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले पार्टी पदाधिकारी बैठक बोलाएको छ । बैठक आज दिउँसो २ वजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो ।
प्रधानमन्त्री केपी ओलीको सरकारको विकल्प खोज्नुपर्ने प्रस्ताव बोकेर माओवादी केन्द्र दौडधुपमा लागेपनि निश्र्कष निस्कन नसकिरहेका बेला काग्रेस पनि पछिल्लो पटक सरकार आफ्नै पार्टीको नेतृत्वमा गठनको लागि अग्रसर हुन खोजेको हो ।
यद्यपी नयाँ सरकारका लागि निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) ले ठोस निर्णय दिन नसक्दा सरकार परिवर्तनका विषयले आकार लिन सकिरहेको छैन ।
तर काग्रेसले यस विषयमा छलफल शुरु गरेको छ । उसलाई केपी ओली नेतृत्वको सरकारका बारेमा काग्रेसको ठोस धारणा के हो ? प्रष्ट हुन माओवादी केन्द्रका नेताहरुको दवाव छ ।
यही दवावका कारण पनि काग्रेसले २७ चैतमा सभापति शेरवहादुर देउवाको निवासमा काग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुको वीचमा बैठक राखेको थियो ।
उक्त वैठकमा काग्रेसले आफनो नेतृत्वमा सरकार बनाउने प्रस्ताव गरेपनि जसपाले निर्णय दिएको छैन । उसले केही दिन समय माग गरेपछि उक्त दिनको बैठक निश्र्कषविहिन बन्न पुगेको थियो
।
तर आजको काग्रेस पदाधिकारी बैठकमा पनि भावी सरकारको सम्भावना र पार्टीको महाधिवेशनमा केन्द्रीत रहेर कुराकानी हुने काग्रेस नेताहरुले बताएका छन् ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया