विधिको पालना र सकारात्मक छलफलले मात्र निकास निस्किन्छ : नेता नेपाल

पर्सा । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विधिको पालना र छलफलको माध्यमले मात्र पार्टीभित्र देखिएको राजनीतिक समस्याको समाधान निस्कने धारणा व्यक्त गरेका छन् । उनले पार्टीभित्र देखिएको गुट–उपगुटको समस्यालाई विधिसम्मत बैठक बसी छलफलको माध्यमबाट टुङ्गोमा पु¥याउन सकिने विश्वास व्यक्त गरे।
प्रेस सङ्गठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सङ्गठनको विधानअनुसार छलफल गरे समस्याको समाधान खोज्न सकिने बताए । उनले विगतका तीता अनुभावलाई पछाडि छाड्दै सकारात्मक छलफलको माध्यमले पार्टीभित्रका समस्यालाई समाधान गर्न आफूहरु तयार भए पनि पार्टी नेतृत्वको कारण समस्या यथावत रहेको आरोप लगाए ।
एकले अर्कालाई निषेध गर्ने प्रवत्तिले कहीँ नपुग्ने भएकाले वर्तमान समस्याको समाधान वार्ता र संवादबाटै खोजिनु पर्नेमा नेता नेपालले जोड दिए ।
नेता नेपालले नेता कार्यकर्तामाथि गरिएको कारवाहीले पार्टीलाई कमजोर तुल्याउने बताए । उनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता÷कार्यकर्तालाई कारवाही गरी कम्युनिष्ट आन्दोलनलाई समेत कमजोर पार्ने र मुलुकमा राजनीतिक सङ्कट उत्पन्न गरेको दाबी गरे । रासस










पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक विस्तार राति मात्र
एनपिएलको तयारी पूरा
एमालेद्वारा ताप्लेजुङमा जनसभा आयोजना
मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै
तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
प्रतिक्रिया