केपी ओलीको सरकारले जनतालाई झुक्याउने काम मात्र गर्यो : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको सरकारले जनतालाई झुक्याउने काम गरेको बताएका छन् । असंविधान कदम चालेको प्रधानमन्त्री अदालतले संसद पुर्न : स्थापना गरेपछि पनि संसदिय प्रक्रिया लाई कमजोर पार्ने संसदिय ब्यवस्थानै गलत हो भनेर जनतामा स्थापित गराउन संसदको उपेक्षा गरेर प्रधानमन्त्री नियोजित रुपमा अघि बढेको बताएका हुन् ।
प्रधानमन्त्री लाई संसदमा उभिएर आफ्नो प्रयास सकारात्मक थियो संसद बिगठन जायज हो,भनेर स्पष्टिकरण दिने चुनैति समेत उनले दिए ।विभिन्न बहाना बाजि गरेर संसद छल्नको आवश्यक नै छैन,भन्दै हिडेको प्रति पनि कडा आपति ब्यकत गर्दै संसदमा उपस्थित हुन प्रधानमन्त्री लाई चुनौति समेत दिए ।
नेपाल दलित संघको आयोजनामा आज काठमाडौमा भएको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले नभएको बिकास गर्यौ भनेर यो सरकारले जनतालाइ झुक्याउने गरेको बताए ।
उनले भने, “सरकारले देश र जनतालाई झुक्याइरहेको छ, नभए को बिकास भयो भनेर जनताको मत र बिश्वास माथी खेलवाड गरी रहेको छ । ”
उनले कम्युनिस्टहरुको मुखमा रामराम बगलिमा छुरा हुने गरेको पनि आरोप लगाए । मुखले धेरै नै काम गरेको भन्ने तर बास्तबिकतामा त्यो नभएको उनको टिप्पणी छ ।
देशलाइ संकट पर्दा नेपाली कांग्रेसले सधै देश र जनताको हितमा काम गर्ने गरेको भन्दै उनले अहिलेको अबस्थाबाट मुलुकलाई निकास दिलाउन पनि कांग्रेसकै आफ्नो नेतृत्वको सरकार निरमाण मा प्रयास गरेको भन्दै यो कांग्रेसको रहर नभै मुलुक लाई निकास दिन बाध्यात्मक परिस्थिति आएको उनको भनाई छ ।









सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
तरकीकाे मूल्य : आज गोलभेँडा प्रतिकिलो रु १००,गाजर रु १२५
दार्चुलामा भूकम्पकाे धक्का
भारतको एक नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ हुने
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
प्रतिक्रिया