निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि

काठमाडौँ । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शनी शुरु गर्न लागिएको महासचिव रोशन दाहालले जानकारी दिए । प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीमा निर्माण क्षेत्रसँग सम्बन्धित विषयका ३० वटा कक्ष राखिने उनले बताए ।
साधारणसभाको उद्घाटन आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गर्नेछन् । देशभरका एक हजारभन्दा बढी व्यवसायीको सहभागिता रहने साधारणसभाको बन्दसत्र भने चैत ३० गते सोमबार प्रतिष्ठानमै हुनेछ । कोभिड–१९ को सङ्क्रमणका बीच निर्माण उद्योग थप समस्याग्रस्त भएकाले यससहित अन्य समसामयिक विषयमा छलफल भई साधारणसभाको अन्त्यमा महासङ्घको काठमाडौँ घोषणापत्र जारी गरिने महासचिव दाहालले बताए ।
साधारणसभा सम्पन्न गर्न महासङ्घका अध्यक्ष रवि सिंहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । साधारणसभाको उद्घाटन सत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्वाङले निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरूको लेख रचना समेटिएको महासङ्घको मुखपत्र नेपाली निर्माण विशेषाङ्कको विमोचन गर्नेछन् । निर्माण उद्योगमा विभिन्न क्षेत्रबाट योगदान दिनेलाई कार्यक्रममा सम्मानसमेत गरिने जनाइएको छ ।
––– रासस

















गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘UAE always ready for humanitarian aid’
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
विमानस्थलबाट विदेशी मुद्रासहित स्वीडिस नागरिक पक्राउ
काठमाडौँका २५० उम्मेदवारमध्ये २१९ ले खोले बैंक खाता
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
३२ सयले बढ्यो सुनको भाउ, आज तोलाको कति ?
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
विश्वकप : सुपर-८ मा आज वेस्ट इन्डिज र जिम्बावे भिड्दै
प्रतिक्रिया