‘सरकार छ कि छैन,भनेर खोज्नु पर्ने अवस्था छ’- कांग्रेस नेता सिंह

चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन् ।
नेपाली कांग्रेस चितवन खैरहनि नगर समितिले आज चितवमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागी नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताए ।
‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ ।’ उनले भने ‘ यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । ओलीले नैतिक,राजनैतिक तरवरले प्रधानमन्त्री हुने बैधानिकता गुमाए । ओलीले तत्काल राजीनामा दिनु पर्छ ।’
साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनको लागी कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिबेशन समयमै हुनुपर्ने बताए ।
सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सिमीत गरेकोे भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको दाबी छ ।
लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुदाँ अहिले नेपाली कांगे्रसले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनको भनाई छ ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया