प्रतिगमनकारी शक्ति चलमलाइरहेको छः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा आएको परिवर्तन उल्ट्याउने गरी प्रतिगमनकारी प्रयास जारी रहेको बताएका छन् ।
वागमती प्रदेश स्तरीय कराँते प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संघीयता खारेज गर्ने, स्थानीय तहमा गएका अधिकारलाई कटौटी गर्ने, समानुपातिक समावेशीतालाई उल्टाउन केही व्यक्ति अहिले पनि लागिपरेको बताए ।
अग्रगमनका विरुद्ध हुने कुनैपनि गतिविधी सार्थक हुन नदिने उनको भनाइ थियो । मुलुकमा आएको परिवर्तन कुनै एउटा पार्टी विशेष र नेता विशेषले मात्र ल्याएको नभइ आम जनताले गरेको संर्घष र बलिदानको परिणामले ल्याएको उनले बताए ।
‘संविधानको भावना र मर्म विपरित जवर्जस्ती संसद विघटन गरियो’ उनले भने, ‘यो संविधान विरोधी कदमलाई जनताले स्वीकार गरेनन, लाखौं जनता सडकमा उत्रिए, अलोकतान्त्रिक, निरंकुश तानाशाही कदमको विरोधमा गएपछि प्रतिनिधी सभा पूनस्र्थापना गरेपछि एउटा वातावरण बन्यो ।’
मुलुकमा अहिले दुई वटा धार देखिन थालेको पनि अध्यक्ष प्रचण्डले उल्लेख गरे । ‘एउटा सबैलाई सम्मान, सबैको आत्मसम्मान सहित संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिमार्जन गदै लैजाने, संस्थागत विकास गर्ने, राष्टिय हित र स्वाधिनतालाई पक्रिएर हिड्ने’ उनले भने, ‘अर्को यसलाई पछाडी तिर धकेल्ने, इतिहासको चक्कालाई पछाडी धकेल्ने पश्चगमनकारी धारका रुपमा देखा परेका छन् ।’
पूरातनवादी, समानता विरोधीले इतिहासलाई पछाडी धकेल्न सकिन्छ की भनेर प्रयत्न गरिरहेको उनको भनाई थियो ।
उनले भने, ‘प्रतिगमनकारी तत्व एकचोटी परास्त भए, तर पूरै परास्त भएको छैनन् । उनीहरुको प्रयास जारी छ । देशलाई वन्धकी राख्ने, राष्टिय हितका विरोधी काममा सरकारको नेतृत्व गर्ने प्रमुख व्यक्तिहरु नै लागेकोले प्रश्न चिन्ह उठेको छ । ’
देश र जनताका विरुद्ध हुने कुनै पनि षडयन्त्र स्वीकार्य नहुने उल्लेख गर्दै प्रचण्डले अन्तिममा नेपाली जनता र परिवर्तनकारी जनताकै विजय हुने बताए ।









महाधिवेशन प्रतिनिधिलाई बसाेबासको व्यवस्था गरिने
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
आज देशभरको मौसम कस्तो रहला ?
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड
सोमबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया