प्रधानमन्त्रीले बोलाए सर्बदलीय बैठक, के के छन् त एजेन्डा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल गर्न आज बिहान ११ बजे बालुवाटारमा बस्ने गरी प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक आह्वान गरेका हुन् ।
समसामयिक राजनीतिक घटनाक्रम, कोरोना महामारीलगायत विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बैठकमा बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने थापाले बताए ।
संसदमा अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व छ ।
माओवादी केन्द्रले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आएको छ । यद्धपी नयाँ सत्तासमिकरणको गृहकार्यले पूर्णता नपाएकाले माओवादीले ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेको छ ।
समर्थन फिर्ता लिए ओलीले फेरी अर्को कुनै कदम चाल्न सक्ने माओवादी केन्द्रका नेताहरुको बुझाई छ ।
नेकपा एमाले बाहेकका दल नयाँ सरकार बनाउन गृहकार्यमा छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाबीच नयाँ सत्तासमिकरणका विषयमा संयुक्त रुपमा छलफल नै सुरु भइसकेको छ । यद्धपी सो छलफलले सार्थकता पाउन भने सकेको छैन ।
एमालेभित्रको आन्तरिक कलहका कारण प्रतिनिधि सभा विघटन गरेको भन्दै दलहरु मोर्चावन्दीमा जुटेका बेला ओलीले सर्बदलीय बैठक बोलाएका हुन् ।
















कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
क्यानडाविरुद्ध नेपालको सानदार जित
काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया