ओलीले एकलौटी गरेपछि फेरि माधव नेपाल समूहद्वारा निर्वाचन आयोगलाई पत्र (पत्रसहित)
फागुन २८ पछिका निर्णय बदर गर्न माग

काठमाडौं । सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता बदर गरेर साविकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँताइदिने फैसला गरेपछिको अवस्थामा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै माधवकुमार नेपाल समूहले फेरि निर्वाचन आयोगलाई पत्र लेखेको छ ।
सो समूहले आज आयोगलाई सम्बोधन गर्दै लेखेको पत्रमा एमाले व्यूँतिएपछि ओलीले गरेका सबै निर्णय पार्टी विधान विपरित भएको भन्दै बदर गर्न माग गरेको छ । सर्वोच्चले एमाले व्यूँताइदिएपछि गत फागुन २८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको भेला गरी एकलौटी निर्णय गरेका थिए । उनले केन्द्रीय कमिटीका सदस्य थप गर्ने लगायत निर्णय गरेका थिए ।
ओलीले आफूहरुसँग सहमति नगरी एकलौटी निर्णय गरेको भन्दै माधव नेपाल पक्षले तीव्र असन्तुष्टि व्यक्त गरिरहेको छ । सो समूहले गत चैत पहिलो साता ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरी देशभर समानान्तर कमिटी गठन गरिरहेको छ ।
सो समूहले आयोगलाई लेखेको पत्रमा पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाको अवज्ञा गरेको उल्लेख छ । यस्तै दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका निर्णयहरुको आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ को (ख) र (ग) तथा ४४ (१) अनुसार जाँच गर्न पनि माग गरेको छ ।
नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पत्र यस्तो छः
















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
ट्याक्टरको रोटाभेटरमा परी महोत्तरीमा दुई बालिकाको मृत्यु
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया