ओलीले एकलौटी गरेपछि फेरि माधव नेपाल समूहद्वारा निर्वाचन आयोगलाई पत्र (पत्रसहित)
फागुन २८ पछिका निर्णय बदर गर्न माग

काठमाडौं । सर्वोच्च अदालतले गत फागुन २३ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता बदर गरेर साविकका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूँताइदिने फैसला गरेपछिको अवस्थामा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको भन्दै माधवकुमार नेपाल समूहले फेरि निर्वाचन आयोगलाई पत्र लेखेको छ ।
सो समूहले आज आयोगलाई सम्बोधन गर्दै लेखेको पत्रमा एमाले व्यूँतिएपछि ओलीले गरेका सबै निर्णय पार्टी विधान विपरित भएको भन्दै बदर गर्न माग गरेको छ । सर्वोच्चले एमाले व्यूँताइदिएपछि गत फागुन २८ गते ओलीले आफू पक्षीय केन्द्रीय कमिटीको भेला गरी एकलौटी निर्णय गरेका थिए । उनले केन्द्रीय कमिटीका सदस्य थप गर्ने लगायत निर्णय गरेका थिए ।
ओलीले आफूहरुसँग सहमति नगरी एकलौटी निर्णय गरेको भन्दै माधव नेपाल पक्षले तीव्र असन्तुष्टि व्यक्त गरिरहेको छ । सो समूहले गत चैत पहिलो साता ललितपुरमा राष्ट्रिय कार्यकर्ता भेला गरी देशभर समानान्तर कमिटी गठन गरिरहेको छ ।
सो समूहले आयोगलाई लेखेको पत्रमा पार्टी अध्यक्ष ओलीले सर्वोच्च अदालतको २३ फागुनको फैसलाको अवज्ञा गरेको उल्लेख छ । यस्तै दलको पदाधिकारी, केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका निर्णयहरुको आधिकारिकता राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ को (ख) र (ग) तथा ४४ (१) अनुसार जाँच गर्न पनि माग गरेको छ ।
नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पत्र यस्तो छः








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया