सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने
मेरोन्यूज
२०७८ वैशाख ६ गते १७:५९

काठमाडौं । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको छ, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको छ ।
सुचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरिएको बताए ।
लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु चढाउन नपाउने र यात्रुको विवरण जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा दिनुपर्ने व्यवस्था गरिएको छ ।
सवारी साधनलाई हरेक दिन निसंक्रमण गर्नुपर्ने नियम पनि बनाइएको छ ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया