बिहीबार, चैत ५, २०८२

वाग्मती प्रदेशको सातौँ अधिवेशन अन्त्य

मेरोन्यूज २०७८ वैशाख ७ गते १९:२८


हेटौंडा । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी वाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरी आएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।

प्रदेशसभाको चालू बैठक गत वैशाख २ गते सञ्चालन भई अर्को सूचना जारी नभएसम्मका लागि भनी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । रासस

प्रतिक्रिया