लुम्बिनी प्रदेश हाप्किडो च्याम्पियन

काठमाडौँ । लुम्बिनी प्रदेशले चौँथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । आज सम्पन्न प्रतियोगितामा लुम्बिनीले सात स्वर्ण, आठ रजत र १२ कास्य पदक प्राप्त गर्दै च्याम्पियन बनेको हो ।
यस्तै प्रतियोगितामा सात स्वर्ण, सात रजत र ११ कास्य पदकसहित वाग्मती प्रदेश दोस्रो तथा पाँच स्वर्ण र दुई कास्यसहित गण्डकी प्रदेश तेस्रो भएको छ । पुरुषतर्फ लुम्बिनीका गोपाल विक तथा महिलातर्फ गण्डकीकी मोनालीसा मल्ल उत्कृष्ट खेलाडी घोषित हुनुभयो । बुद्ध राई प्रतियोगिताको उत्कृष्ट रेफ्री छानिए ।
प्रदेश नं २ विजयाकुमारी वाइवा उत्कृष्ट प्रशिक्षक भइन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीले जनही रु पाँच हजार पुरस्कार प्राप्त गरे । नयाँ वर्ष २०७८ को अवसरमा नेपाल मार्शल आर्टस् हाप्किडो सङ्घको आयोजनामा भएको चार दिने उक्त प्रतियोगितामा सातै प्रदेशका ७०० भन्दा बढी खेलाडीको सहभागिता रहेको मुख्य प्रशिक्षक सुस्मिता गुरुङले जानकारी दिइन् ।
समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई खानेपानी मन्त्री मणिचन्द्र थापा, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष नैनाकला थापा, नेपाल मार्शल आर्टस् हाप्किडो सङ्घ एवं दक्षिण एशियाली हाप्किडो महासङ्घका अध्यक्ष कालीबहादुर घर्तीमगर, गण्डकी प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली, गण्डकी प्रदेश खेलकूद परिषद्का कार्यकारी सदस्य तारामाया थापालगायतले पुरस्कार प्रदान गरेका थिए ।


















PM Shah expresses gratitude to mothers on Matatirtha Aunsi
अस्पतालको बेडमा ओली–प्रचण्ड वार्ता
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
परराष्ट्र मन्त्रीद्वारा पश्चिम एशिया र अफ्रिकास्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरुसँग ‘भर्चुअल’ छलफल
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
प्रतिक्रिया