आज नेदरल्यान्ड्स र मलेसियाबिच खेल हुदै
मेरोन्यूज
२०७८ वैशाख ८ गते ११:०४

काठमाडौं । त्रिकोणात्मक टी(२० सिरिजअन्तर्गत बुधबार नेदरल्यान्ड्स र मलेसिया बिचको खेल हुदैछ ।खेल कीर्तिपुरमा रहेको टी-यू अन्तर्राष्ट्रिय मैदानमा १२:१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसपछिका दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हार बेहोर्दै अंकविहिन छ । ३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल रनरेटको आधारमा शीर्ष स्थानमा छ ।
मलेसियालाई पराजित गरेमा नेदरल्याण्ड्स फाइनलमा पुग्नेछ । यस नतिजाले नेपाल पनि अन्तिम लिग खेलअघि नै फाइनल पुग्नेछ । मलेसिया यसअघि नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो । मलेसिया सिरिजको पहिलो जितको खोजीमा रहेकोछ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा भइरहेको सिरिजमा डबल राउण्ड रोबिनको खेलपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया