स्वर्गीय कांग्रेस नेता जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई परिवारले दियो निरन्तरता

काठमाडौं । नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीले सुरु गरेको कोभिड १९ घर दैलो अभियानलाई परिवारले निरन्तरता दिएको छ । बुधबार उनको परिवारले स्वायम्भुनाथ मन्दिरमा १ सय ८ दिप प्रज्वलन गरी अभियानलाई निरन्तरता दिएको हो ।
मुलुकमा कोरोना महामारी बढ्दै गएको बेला जोशीले आफ्नो निर्वाचन क्षेत्रका मतदातामाझ विभिन्न स्वास्थ्य सामाग्री सहित घरदैलो अभियान संचालन गरेका थिए ।
नेता जोशीको महिना दिनपछि धर्मपत्नी सपना जोशीले आफ्नो श्रीमानको असल कार्यलाई निरन्तरता दिने भन्दै अभियानलाई जारी राखेकी हुन् ।
अभियान कुनै राजनीतिक नभएर विशुद्ध समाजसेवा रहेको उनले स्पष्ट पारेकी छन् ।

जोशीको राजनीतिक जीवन सफल बनाउन आफ्नो भूमीका रहेको र बाँकी जीवन उनको सपना पुरा गर्नमा समर्पित हुने धर्मपत्नी सपनाको भनाइ छ । बिहिबार स्वयम्भु मन्दिर आसपासमा १५ सय मास्क तथा केही थान सेनीटाइजर वितरण गरिएको छ । जोशीको अभियानले निरन्तरता पाउने भएपछि स्थानीय पनि खुसी छन् ।

यस अघि नेता जोशीको पहलमा कोरोना विरामीलाई विर र टिचिङ अस्पतालमा निःशुल्क उपचारको व्यवस्था समेत मिलाइएको थियो । नेता जोशीको मस्तिष्कघात भइ गत चैत १३ गते उपचारका क्रममा निधन भएको थियो ।








उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शिवम् सिमेन्टको १२.५ प्रतिशत लाभांश पारित
दिपल एस०५ ले पायो युरो एनक्यापमा सर्वोत्कृष्ट ५ स्टार रेटिङ
एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
प्रतिक्रिया