ओलीविरुद्धको खनाल-नेपाल पक्षको रिट निवेदन दर्ता भएन

काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकतर्फी निर्णयलाई रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका झलनाथ खनाल र माधव नेपाल पक्षको रिट निवेदन दर्ता हुन सकेन ।
ओलीले गत फागुन २८ यता गरेका निर्णय र आफुहरुलाई सोधेको स्पष्टीकरण विरुद्ध खनाल-नेपाल समूह सर्वोच्च अदालत पुगेको थियो । तर समय अभाव भएको कारण बुधबार रिट निवेदन दर्ता हुन सकेन । खनाल-नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराई र शम्भु थापा लगायतका कानुन व्यवसायी वारेसनामामार्फत अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्न सर्वोच्च गएका थिए ।
रिट निवेदनमा ओलीले गैरकानुनी रुपमा गरेका निर्णय कार्यान्वयन नगर्न र आफूहरु माथिको कारवाही रोक्न माग गरिएको छ । आज रिट निवेदन दर्ता हुन सकेन प्रक्रियामा गएकोले भोलि दर्ता हुने अधिवक्ता टिकाराम भट्टराईले बताए । पार्टीभित्र विधि, पद्धतिका लागि दबाब सिर्जना गर्दा कारबाही गर्ने मनसायले स्पष्टीकरण सोधिएको नेपाल पक्षको आरोप छ । उक्त कारबाही रोक्नुपर्ने उनीहरूको माग छ ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
प्रतिक्रिया