बिहीबार, चैत ५, २०८२

जिल्ला पार्टी कार्यालय नुवाकोटमा बैठक नगर्न नेपाल समूहलाई प्रहरीको दबाब

मेरोन्यूज २०७८ वैशाख ९ गते १३:१७

नुवाकोट । नेकपा एमालेको नुवाकोट जिल्ला कमिटी बैठक बसिरहेका बेला प्रहरीले पार्टी कार्यालममा बैठक नगर्न दबाब दिएको छ । एमालेको विवादका कारण पार्टी कार्यालमा लगाएको ताला फोडेर एमालेका नुवाकोट अध्यक्ष नारायण खतिवडाको समूहले बैठक आयोजना गरेपछि प्रहरीले बैठकस्थल छोड्न दबाब दिएको हो। नुवाकोटका अध्यक्ष खतिवडा वरिष्ठ नेता माधव नेपाल पक्षधर हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

नुवाकोटमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपीशर्मा ओली समूहले बद्री मैनालीलाई अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको छ। मैनाली जिल्ला कमिटीको उपाध्यक्ष थिए।

प्रतिक्रिया