बिहीबार, चैत ५, २०८२

आफु पक्षीय नेतालाई माधव नेपालको विफ्रिङ : म पछि हट्ने अवस्था छैन

मेरोन्यूज २०७८ वैशाख ९ गते १३:४९


काठमाडौं । नेकपा नेता माधव नेपालले आफु पछि हट्ने अवस्था नरहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीसँग आफुले गत फागुन २८ को निर्णय सच्चाउनुपर्ने र पार्टीलाई माओवादी केन्द्रसँगको एकता अगाडीको २०७५ जेठ २ मा फर्काउनुपर्ने मागमै अडिग रहेको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री केपी ओलीसाग वुधबार साझ दुई घण्टा लामो वान अन वान वार्ता गरेका नेपालले आज आफु पक्षीय नेताहरुलाई भेटवार्ता बारे विफ्रिङ गरेका हुन् ।

‘नवौँ महाधिवेशनले निर्वाचित गरेको कमिटीलाई भंग गर्ने निर्णय उहाँले सच्याउनुपर्ने अडानबाट म पछि हट्ने अवस्था छैन । अन्य विषयको छलफल उहाँले त्यो कमिटीलाई क्रियाशील बनाएपछि मात्रै गर्ने पक्षमा म छु’ नेताहरुलाई विफ्रिङ गदै नेता नेपालले भने,-ओलीसग आज हुने भेटमा पनि मेरो कुरा यही हुनेछ ।’

नेपाल पक्षका नेता युवराज ज्ञवालीले माधव नेपालले आफुहरुले उठाईरहेको एजेण्डामा दायावाया कुरा नगरी अडानमै आफनो कुरा राखेको आफुहरुलाई विफ्रिङ गरेको वताए ।


‘उहाँले हामीले उठाँउदै आएको विषयमै कुरा राख्नुभएको छ प्रधानमन्त्रीसँग’ ज्ञवालीले मेरो न्यूजसग भने ।

अध्यक्ष ओलीले २८ फागुनमा नवौं महाधिवेशनबाट निर्वाचित कमिटी भंग गर्दै महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए । २३ फागनुमा सर्वोच्च अदालतको फैसलासँगै एमालेलाई पूर्ववत् अवस्थामा फर्किएकाले निर्वाचित कमिटीलाई समेत यथावत् राख्नुपर्ने नेता नेपालको अडान छ ।

प्रतिक्रिया