नेपाल समूहद्धारा संयुक्त अपील जारी

काठमाडौँ । नेकपा एमाले माधव कुमार नेपाल समूहले पार्टी विभाजनको डिलमा पुगेको निष्कर्ष निकालेको छ । नेपालसहितका १५ नेताले संयुक्त अपील जारी गर्दै पार्टी अचानक विभाजन र विसर्जनको डिलमा पुगेको उल्लेख गरेको हो ।
केपी ओलीले पार्टीको विधान, परम्परा, सामान्य लोकतान्त्रिक मूल्यहरूको समेत धज्जी उडाएको उल्लेख गरेको छ । अपीलमा भनिएको छ सयौँ सहिद, लाखौँ पार्टी सदस्य, शुभचिन्तक तथा समर्थकहरूको भावनामाथि खेलबाड गर्नुका साथै उहाँ कम्युनिष्ट आन्दोलन र इतिहासको वैज्ञानिक चेतना, श्रमजीवी वर्गका हितबाट टाढा पुग्दै हुुनुहुन्छ ।
यस्तै नेकपा एमालेको एकता बचाउन र कम्युनिष्ट आन्दोलनको रक्षा गर्न हामीले लिएको पहलकदमीका विरुद्ध शत्रुवत आक्रमण गर्दै, पार्टीका नेता तथा सांसदहरूमाथि तथाकथित स्पष्टिकरण र कार्यवाहीको नाटक गरिँदै छ । राष्ट्रिय तथा अन्तरराष्ट्रि प्रतिष्ठाका साथ उपलब्धीको एकपछि अर्को मानक बनाउँदै अगाडि बढेको पार्टी आज अचानक विभाजन र विसर्जनको डिलमा पुगेको छ – अपीलेमा भनिएको छ ।
यसअघि बुधबार राति ओली र नेपालबीच भेटवार्ता भएको थियो भने बिहीबार पनि वार्ता हुने बताइएको छ ।
अपील पत्र
















Two arrested for cheating people of Rs 1.75 million
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रियसभाबाट पारित
NC President Thapa calls for addressing public discontent and anger through reform
आजदेखि चलचित्र ‘रमिताको पिरती’ र ‘कुमारी’ प्रदर्शनमा
समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
प्रतिक्रिया