टहरा भत्काउन डोजरसहित पुगेका गाउँपालिका अध्यक्षलाई कालोमोसो
मेरोन्यूज
२०७८ वैशाख ९ गते १५:५०

धादिङ । घर टहरा भत्काउन डोजरसहित पुगेका नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यलाई स्थानियबासीले कालोमोसो लगाएका छन् ।
गाउँपालिकाको वडा नम्बर १ स्थित कैचले बजारमा लामो समयदेखि बस्दै आएका स्थानियवासीहरुको घर टहरा भत्काउन डोजरसहित पुगेका शाक्यलाई स्थनियबासीले कालोमोसो दलेका हुन् ।
अध्यक्ष साक्यलाई स्थानियबासीहरुले १ किलोमिटर पर सम्म लखेटेका थिए । प्रहरी टोली समेत लिएर पुगेका शाक्य र स्थानियबासीबीच झडप भएको थियो । झडपमा तीन जना घाइते भएको स्थानिय स्रोतले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ताका अनुसार बस्ती हटाउन गएका टोलि र स्थानियबिच बार्ता भईरहेको जनाए । झडप भएको र कालोमोसो दलिएको घटनाबारे अज्ञात रहेको र कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ताले बताए ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया