कोरोना नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न नेता सिंहको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कोरोना भाइरस सङ्क्रमणले मुलुकमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा सरकार उदासिन देखिएको आरोपसमेत लगाए । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नु भन्दा पनि सत्ता जोगाउन बढी केन्द्रित देखिएको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले कोरोनाका कारणले कोही नेपालीले दुःख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रहसमेत गरे ।
देशमा भएका अस्पतालको क्षमता बढाउँदै लग्नुपर्ने उल्लेख गर्दै उनले भने, “दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस् ।” राजधानीका ठूला अस्पतालमा भएका अक्सिजन प्लान्ट सञ्चालन हुनुपर्ने बताउँदै नेता सिंहले तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्नसमेत सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेता सिंहमार्फत इसान प्रसाईं स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद रु एक लाख ११ हजार सहयोग गरेको थियो ।
–––रासस
















गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने
One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया