गौतमले भने, – ‘डिनर चल्दै थियो नमस्कार गरेर विदा भएँ ।’

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयबाट पछि हट्न नसक्ने अडान लिएपछि नेता बामदेव गौतमले साथ दिन नसक्ने बताएका छन् ।
वालुवाटारमा हिजो साँझ भएको डिनर मिटिङमा अध्यक्ष ओलीले गौतमलाई पार्टीको काममा आफुसँग फर्कन आग्रह गरेका थिए । । नेता गौतमले भने गत फागुन २८ गते भएको अवैधानिक बैठकका निर्णय लिन आग्रह गरेका थिए ।
ओली सो निर्णय फिर्ता नहुने बताएपछि गौतमले पनि साथ दिन नसक्ने बताएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जनाएका छन् ।
प्रेस सल्लाहकार सुवेदीमार्फत गौतमले आफ्ना कुरा सार्वजनिक गर्दै गत फागुन २८ को निर्णय फिर्ता लिन आफूले ओलीसँग आग्रह गरेको बताएका छन् ।
‘हिजो बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कमरेड केपीसँग डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो,’ गौतमले भनेका छन्, ‘मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए ।’ गौतमले थपेका छन्, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ ।’
पछिल्लो समय एमालेभित्र अध्यक्ष ओली खेमा र वरिष्ठ नेताद्धय झलनाथ खनाल माधव कुमार नेपाल समूहले समानान्तर गतिविधी सञ्चालन गर्दै आएका छन् । नेता गौतम भने तटस्थ बस्दै आएका थिए ।
एमालेभित्र उत्पन्न विवाद निरुपण गर्न ओलीले पछिल्ला दिनमा छलफललाई तिब्रता दिएका छन् । बुधबार र बिहीबार बरिष्ठ नेता नेपालसँग पनि ओलीले छलफल गरेका थिए । यद्धपी दुबै समूह आ–आफ्नो अडानमा रहँदा निष्कर्षमा भने पुग्न सकेका छैनन् ।
पार्टी हित विपरित काम गरेको भन्दै ओलीले नेता नेपाल पक्षका २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टिकरण सोधिसकेका छन् । नेपाल पक्षले भने ओली निरङ्कुस बन्दै गएको आरोप लगाउँदै आएको छ ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया