गौतमले भने, – ‘डिनर चल्दै थियो नमस्कार गरेर विदा भएँ ।’

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्णयबाट पछि हट्न नसक्ने अडान लिएपछि नेता बामदेव गौतमले साथ दिन नसक्ने बताएका छन् ।
वालुवाटारमा हिजो साँझ भएको डिनर मिटिङमा अध्यक्ष ओलीले गौतमलाई पार्टीको काममा आफुसँग फर्कन आग्रह गरेका थिए । । नेता गौतमले भने गत फागुन २८ गते भएको अवैधानिक बैठकका निर्णय लिन आग्रह गरेका थिए ।
ओली सो निर्णय फिर्ता नहुने बताएपछि गौतमले पनि साथ दिन नसक्ने बताएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जनाएका छन् ।
प्रेस सल्लाहकार सुवेदीमार्फत गौतमले आफ्ना कुरा सार्वजनिक गर्दै गत फागुन २८ को निर्णय फिर्ता लिन आफूले ओलीसँग आग्रह गरेको बताएका छन् ।
‘हिजो बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कमरेड केपीसँग डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो,’ गौतमले भनेका छन्, ‘मैले गत फागुन २८ गते तपाईंले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिए ।’ गौतमले थपेका छन्, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ ।’
पछिल्लो समय एमालेभित्र अध्यक्ष ओली खेमा र वरिष्ठ नेताद्धय झलनाथ खनाल माधव कुमार नेपाल समूहले समानान्तर गतिविधी सञ्चालन गर्दै आएका छन् । नेता गौतम भने तटस्थ बस्दै आएका थिए ।
एमालेभित्र उत्पन्न विवाद निरुपण गर्न ओलीले पछिल्ला दिनमा छलफललाई तिब्रता दिएका छन् । बुधबार र बिहीबार बरिष्ठ नेता नेपालसँग पनि ओलीले छलफल गरेका थिए । यद्धपी दुबै समूह आ–आफ्नो अडानमा रहँदा निष्कर्षमा भने पुग्न सकेका छैनन् ।
पार्टी हित विपरित काम गरेको भन्दै ओलीले नेता नेपाल पक्षका २७ जना संघीय सांसद र ५ जना कर्णाली प्रदेशका सांसदलाई स्पष्टिकरण सोधिसकेका छन् । नेपाल पक्षले भने ओली निरङ्कुस बन्दै गएको आरोप लगाउँदै आएको छ ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
ललितपुरस्थित युएन पार्क नजिक स्कुटरसहित पाँच वटा सवारी ठोक्किँदा एक जनाको मृत्यु
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै विराटनगर
प्रतिक्रिया