राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह गरेको छ। संविधानको धारा २७१ अनुसार उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आयोगको आग्रह छ।
दल दर्ता गर्दा दलको विधान, नियमावली तथा घोषणापत्र, निर्वाचन चिनहको नमुना संलगन गर्नुपर्ने छ । निर्वाचन आयोगका अनुसार वैशाख १४ गतेभित्र दल दर्ता गरिसक्नु पर्नै छ । बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
नेकपा माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा रामबहादुर थापा बादल एमालेमा प्रवेश गरेपछि उक्त पद रिक्त भएको थियो । सांसद हटेसँगै बादलको गृहमन्त्री पद पनि गएको थियो।
संविधान अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नरहे पनि बादललाई ६ महिनाको लागि गृहमन्त्री नियुक्त गरेका थिए । बादल गत फागुन २८ देखि नेकपा एमालेको केन्द्रीय सदस्य छन् ।
















गण्डकीमा ७ हजार प्रहरी परिचालन हुने
One killed in syringe attack in Jhapa
Baitadi bus accident: Death toll reaches 13
27 days to HoR elections: Ballot papers printing and packing on pace
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया