हेटौंडामा निजी तथा साना भाडाका सवारी साधनमा जोरबिजोर प्रणाली

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि आइतबारबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण दर तीव्र रुपमा वृद्धि भएको भन्दै आइतबारबाट हेटौंडामा निजी साधनहरु तथा ट्याम्पो, अटो म्याजिक र मयुरीहरुमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।बैठकले पार्टी प्यालेस, पर्यटकीय क्षेत्र,पार्कजस्ता क्षेत्र वैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरी अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ ।
बैठकले गृह मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न लगाउने, सभा, सम्मेलन तथा भिडभाड हुने खालका कार्यक्रम गर्न नदिने, शैक्षिक संस्था बन्द गर्ने लगायतका निर्णय गरेको छ ।



















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया