हेटौंडामा निजी तथा साना भाडाका सवारी साधनमा जोरबिजोर प्रणाली

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागि आइतबारबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको बैठकले कोरोना भाइरसको संक्रमण दर तीव्र रुपमा वृद्धि भएको भन्दै आइतबारबाट हेटौंडामा निजी साधनहरु तथा ट्याम्पो, अटो म्याजिक र मयुरीहरुमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।बैठकले पार्टी प्यालेस, पर्यटकीय क्षेत्र,पार्कजस्ता क्षेत्र वैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
उक्त बैठकले सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरी अनुगमनलाई तीव्रता दिने निर्णय गरेको छ ।
बैठकले गृह मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य सुरक्षाका मापदण्डलाई कडाइका साथ पालना गर्न लगाउने, सभा, सम्मेलन तथा भिडभाड हुने खालका कार्यक्रम गर्न नदिने, शैक्षिक संस्था बन्द गर्ने लगायतका निर्णय गरेको छ ।










कांग्रेस पाल्पाबाट २१ उम्मेदवार सिफारिस
एमाले महाधिवेशनमा देव गुरुङले भने- कम्युनिस्टहरू एक हुनुको विकल्प छैन
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
यामाहा नेपालद्वारा बुटवलमा ‘ब्लु स्क्वायर शोरूम’ उद्घाटन
बहुमत ल्याउने ल्याकत छ, एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ : ओली (सम्बोधनको पूर्णपाठ)
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
सरकार र जेनजीबिच दश बुँदे सम्झौता ( बुँदासहित )
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
प्रतिक्रिया